Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकप क्रिकेट : वेस्ट इण्डिजका ब्याट्सम्यान इङल्याण्डको टाउको दुखाइ

$
0
0
एजेन्सी, ३१ जेठ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज वेस्ट इण्डिज र आयोजक इंङल्याण्ड भिड्दै छन् ।

आज शुक्रबार हुने खेलमा इङल्याण्डका लागि वेस्ट इण्डिजका ब्याट्सम्यान चुनौतीको रुपमा देखा पर्न सक्ने अनुमान गरिएको छ ।

इङल्याण्डले क्रिस गेल, आन्द्रे रसेल र ब्रेथवट जस्ता ब्याट्सम्यान रहेको वेस्ट इण्डिजलाई हराउन त्यति सहज नहुने क्रिकेट विश्लेषकको भनाइ छ ।
यद्यपि, जेसन रोय, जस बटलर र जोफ्रा आर्चर जस्ता क्रिकेट खेलाडीले कुनै पनि बेला इङल्याण्डको पक्षमा खेल ल्याउन सक्ने धेरैको अनुमान छ ।
वेस्ट इण्डिज र इङल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे साउथह्याम्टनमा सुरु हुने छ । यसअघिका खेलेका खेलमध्य २ वटामा जित हात पारेको इंग्ल्यान्ड ४ अंकसहित अंक तालिकाको चौंथी स्थानमा छ ।
त्यस्तै वेस्ट इन्डिजले यसअघिको एउटा खेलमा जित, एउटामा हार र १ खेलमा बराबरी गर्दै ३ अंकसहित छैटौं स्थानमा छ ।
घरेलु टोलीले वेस्ट इण्डिजलाई हराएर तेस्रो जीत हात पार्ने दाउमा छ । तर उसका लागि इण्डिजका ब्याट्सम्यानहरु तगारो बन्न सक्नेछन् ।

 

The post विश्वकप क्रिकेट : वेस्ट इण्डिजका ब्याट्सम्यान इङल्याण्डको टाउको दुखाइ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles