Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्यन म्युनिख आउट

$
0
0

एजेन्सी, १४ वैशाख । बायर्न म्युनिख बाेरूसिया डर्टमुण्डसँग ३-२ गाेलले पराजित भएपछि जर्मन कपबाट बाहिरिएको छ।

दोश्रो सेमिफाइनल खेलमा डर्टमुण्डले मार्को रीउले अग्रता दिलाएका थिए। उनले १९औं मिनेटमा दिलाएकाे अग्रता धेरैबेर टिक्न सकेन । हाभिएर मार्टीनेजले त्यसको ९ मिनेटमै बराबरी गाेल फर्काए । । ४१औं मिनेटमा फ्र्यांक रिबेरीको पासलाई सदुपयोग गर्दै म्याट्स हमल्सले बायर्नलाई अग्रता दिलाए।

दोश्रो हाफको ५ मिनेटमा २ गोल गर्दै डर्टमुण्डले बायर्नलाई उसकै घरेलु मैदानमा पराजित गर्यो। पिएर एमेरिक औबामेयाङले डेम्बेलेको पासलाई सदुपयोग गर्सै ६९औं मिनेटमा खेललाई बराबरीमा ल्याए भने उनी डेम्बेलेले ७४औं मिनेटमा डर्टमुण्डलाई अगाडी बढाए।

यस जितसंगै डर्टमुण्डले डी.एफ.बि पोकालको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। त्यस्तै च्याम्पिन्यस लिगबाट पनि बाहिरिएकाे बायर्न म्युनिखले सिजनको दोस्रो झट्का सहनु परेको छ ।

The post बार्यन म्युनिख आउट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles