Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

टिम इण्डियाको जीतपछि अमित शाह र पाकिस्तानी सेनाबीच घोचपेच

$
0
0

एजेन्सी, ३ असार । विश्वकप क्रिकेटमा आइतबार पाकिस्तान र भारतबीचको खेलमा भारतीय टिम विजयी भएको थियो ।

भारतीय टोलीको विजयलाई लिएर पाकिस्तानी सेनाका प्रक्कता र भारयीय गृहमन्त्रीबीच ट्विटरमा घोचपेच भएको छ । पाकिस्तान सेनाका प्रवक्ता आसीफ गफूरले खेललाई सीमामा हुने भिडन्तसँग तुलना नगर्न आग्रह गरेका छन् । उनले भारतीय गृहमन्त्री अमित शाहले आफ्नो टिमलाई बधाइ दिँदै गरेको ट्विटपछि यस्तो आग्रह गरेका हुन् ।

गृहमन्त्री शाहले  आइतबार आफ्नो ट्विटरमा भारतीय टोलीको जीतपछि पाकिस्तानमाथि अर्को सफल हमला भएको बताएका थिए । ‘टिम इण्डियाद्वारा पाकिस्तामाथि अर्को एउटा हमला र नतिजा समान आएको छ, यो सानदार जीतका लागि सम्पूर्ण टिमलाई बधाई । सबै भारतीयले गौरव महसुस गरेका छन् र यो प्रभावशाली जीतमा खुशी मनाइरहेका छन्’, शाहले आफ्नो ट्विटरमा लेखेका छन् ।

तर गफूरले शाहलाई ट्विटरबाट नै जवाफ दिएका छन् । ‘प्रिय अमित शाह, तपाईंको टिमले एउटा खेल जितेको छ । खेलाडी राम्रो खेले । दुइटा फरक अलग-अलग कुरालाई तुलना गर्न सकिँदैन । त्यस्तै खेल र सैन्य हमलालाई तुलना गर्न सकिँदैन’, उनले आफ्नो ट्विटरमा लेखेका छन् ।

The post टिम इण्डियाको जीतपछि अमित शाह र पाकिस्तानी सेनाबीच घोचपेच appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles