एजेन्सी, १५ वैशाख । अाइपिएलमा बिहिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई गुजरात लायन्सले ७ विकेटले पराजित गरेको छ।
खराब ब्याटिङ प्रदर्शन गर्दै अाइरहेकाे बेंगलोर गएकाे खेलमा ४९ रनमा अलआउट भएकाे थियाे । २० ओभरमा सबै विकेट गुमाउनुअघि उसले १ सय ३४ रनमात्र जोड्न सक्यो। बेंगलोरका लागि पवन नेगीले ३२ रन बनाए भने केदार जाधवले ३१ रन जोडेका थिए। गेल (८), कोहली (१०) र डि भिलिएर्स (५)ले फेरी निराश बनाएका थिए।
गुजरातका लागि एन्ड्रयु टाईले उत्कृृष्ट बलिङ गर्दै ४ ओभरमा १२ रनमात्र खर्चेर ३ विकेट लिए। रविन्द्र जडेजाले २ विकेट लिए भने अंकित सोनी, जेम्स फक्नर र बसिल थम्पीको नाममा पनि १/१ विकेट रह्यो।
कप्तान सुरेश रैना र आरोन फिन्चले ९२ रनको साझेदारी गरेपछि टोलीले सहज जित्न सफल भएकाे छ । रैनाले ३० बलमा अविजित ३४ रन बनाए भने फिन्चले ३४ बलमा ५ चौका र ६ छक्काको मद्दतले ७२ रन जोडेका थिए। गुजरातले १४औं ओभरको पाँचौ बलमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो।
The post आइपिएलमा बेंगलोरको खराब खेल प्रदर्शन appeared first on Sajha Post.