काठमाडौँ, ५ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्ड शिर्षस्थानमा उक्लिएको छ ।
यो खेलमा पनि वर्षा बाधक बन्यो । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दक्षिण अफ्रिकाले २४२ रनको लक्ष्य दिएको थियो । न्युजिल्याण्डले ४८ ओभर ३ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।
न्युजिल्याण्डको जितमा कप्तान केन विलियमसन १०३ रन, कोलिन डी ग्राण्डहोमे ६० रन, मार्टिन गुप्टिलले ३५, जेम्स निशमले २३ रन बनाए ।
क्रिस मोरिसले दक्षिण अफ्रिकाका ३ विकेट लिए ।
दक्षिण अफ्रिकाका लागि भान डेर डुसनले अविजित रहदै ६७ तथा हसिम अमलाको ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
त्यस्तै एडिन मार्क्रमले ३८, डेभिड मिल्लरले ३६ तथा कप्तान फाफ डु प्लेसिस २३ रन बनाए । ओपनर क्विनटन डि कक ५ रनमा आउट भए ।
न्युजिल्याण्डका लोकी फर्गुसनले ३ विकेट लिए ।
न्युजिल्याण्डले ५ खेलबाट ९ अंक जोड्न सफल भएको छ । अपराजित न्युजिल्याण्डको चौंथो जित हो ।
दक्षिण अफ्रिकाले हालसम्म ३ अंकमात्र जोडेको छ ।
The post दक्षिण अफ्रिकाको झुर खेल प्रदर्शन, न्युजिल्याण्डसँग पनि पराजित appeared first on Sajha Post.