एजेन्सी, १७ वैशाख । शनिबार राति भएको स्पेनिस ला लिगामा रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबाउमा भ्यालेन्सियालाई २-१ले पराजित गरेको छ।
खेलको २७औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले हेडरमार्फत गोल गरेपछि मड्रिडले खेलमा अग्रता लिएको थियो । ड्यानी कार्भाजलको क्रसलाई हेडरमार्फत गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। खेलको खेलको ५७औं मिनेटमा लुका मोड्रीचलाई बक्स भित्र लडाएपछि मड्रिडले पेनाल्टीको अवसर पाएको थियो। तर, रोनाल्डोको पेनाल्टी मिस गरे ।
तर, खेलको ८२औं मिनेटमा ड्यानी परेहोले फ्रिकिक बाट उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए। निकै दबाबमा देखिएको रियलका लागि उत्तल गोल ३ मिनेट पछि नै मार्सेलोले उत्कृष्ट गोल गरे र रियललाई अग्रता दिलाए ।
जितसंगै रियलको अंक तालिकामा ३४ खेलमा ८१ अंक भएको छ।
The post रियल मड्रिडको कठिन जित appeared first on Sajha Post.