Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

वित्तिय मोडेलमा अल्पमतमा परेपछि आइसीसीमा भारतको दादागिरी

$
0
0

काठमाडौँ, १७ वैशाख । आइसीसीको नयाँ वित्तीय मोडलमा अल्पमतमा परेपछि भारतले आइसीसीमा दादागिरी देखाइरहेको छ ।

गतसाता बसेको आइसीसीको बोर्ड बैठकले आइसीसीको नयाँ वित्तीय मोडेल भारतको असहमतिका बावजुद पारित भएको थियो । आइसीसीले नयाँ वित्तीय मोडेल १३-१ को मतले भारतको असहमति बेगर पारित गरेको हो । यससँगै आइसीसीसँग निराश रहेको भारतले आइसीसीको क्यालेन्डर अनुसार जुन १ बाट इङ्गल्याण्डमा सुरु हुने च्याम्पियन्स ट्रफीको लागि नामावली बुझाएको छैन ।

१५ सदस्यीय टोली बुझाउने अन्तिम मिति अप्रिल २५ तय भए पनि सहभागी ८ टोलीमध्ये सबैले उक्त मितिमै आ-आफ्नो टोलीको नामावली बुझाए पनि भारतले भने अझै बुझाएको छैन । नामावली नबुझाएको भारतले ‘कार्यसंचालन’ को बहाना देखाउँदै आएको छ । भारत यस प्रतियोगिताको साविक बिजेता पनि हो।

भारतिय क्रिकेटको मुख्य निकाय बिसिसिआइ आइसीसीको रकम बाँडफाँडमा नयाँ समीकरणका कारण विच्किएको हो । भारतले त्यसको विरोध जनाउँदै च्याम्पियन्स ट्रफीबाटै नाम निकाल्न सक्ने संकेत देखाएको छ ।

भारतले २०१६ देखि २०२३को बीचमा आइसीसीबाट ५ सय ७० मिलियन डलर पाउने उल्लेख थियो । तर, नयाँ वित्तिय मोडेल सार्वजनिक भएसँगै उसले २ सय ९३ मिलियन डलर मात्र पाउनेछ ।

The post वित्तिय मोडेलमा अल्पमतमा परेपछि आइसीसीमा भारतको दादागिरी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles