काठमाडौँ, ११ असार । अर्जेन्टिना कोपा अमेरिकाको कपको सेमिफाइनलमा भेनेजुयलासँग आमने सामने गर्दैछ ।
खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको अर्जेन्टिनाले सेमिफाइनलसम्मको यात्रा तय गर्ने समिक्षकहरु ढुक्क रहेका छन् ।
स्टार खेलाडी लियोनल मेस्सीमाथि थपिएको जिम्मेवारीले उनलाई थप दबाब दिएको बताइएको छ ।
उनले भनेका छन् , ‘कतारविरुद्ध जित निकालेपछि हामीमा आत्मविश्वास पनि बढेको छ । सुरुवाती खेलमा नै पराजित भएपछि हामी तनावमा रहेका थियौँ ।’
कोपा अमेरिका कप उपाधि जित्ने रणनीतिमा अर्जेन्टिना अझै पनि सक्षम रहेको उनले बताए ।
The post ‘अर्जेन्टिनाको आत्मबल बल्ल बलियो भएको छ’ appeared first on Sajha Post.