Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिभरपुलको सानदार कमव्याक

$
0
0

एजेन्सी, १९ वैशाख । सोमबार राति भएको प्रिमियर लिग खेलमा लिभरपुलले वाटफर्डलाई १-०ले पराजित गरेको छ। पहिलो हाफको इन्ज्युरी समयमा भएको गोल निर्णायक सावित हुँदा लिभरपुलले महत्वपुर्ण तीन अंक जोड्न सफल भएको छ ।

क्रिस्टल प्यालेससँग पराजित भएपछि शिर्ष चारमा पर्ने लिभरपुलको सम्भावना कमजोर बनेको थियो तर  म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटीले दुई खेल बराबरी खेलेपछि लिभरपुलको सम्भावना बलियो हुँदै गएको छ ।

लिभरपुलका लागि एम्रे च्यानले उकृष्ट एक्रोब्याटिक गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो। खेलमा लिभरपुलकाे दबाब थियाे ।

जितसंगै लिभरपुलको ३५ खेलमा ६९ अंक भएको छ।

The post लिभरपुलको सानदार कमव्याक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles