Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेष्टर युनाइटेडलाई आर्सनलको झट्का

$
0
0

एजेन्सी, २५ वैशाख । आइतबार राति भएको इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड आर्सनलसँग २-० गोलले पराजित भएको छ ।

गएको अक्टोबरमा चेल्सीसँग ४-० गोलले हारेपछि लगातार २५ खेलमा अपराजित रहेको म्यानचेष्टर आर्सनलको घरेल मैदानमा पराजित भएको हो ।

क्लब रेकर्ड राख्दै अपराजित यात्राको पनि अन्त्य भएको छ । आर्सनलका लागि ग्रानिट जाखा र ड्यानी वेलबेकले खेलको ५४ र ५७ औ मिनेटमा एकएक गोल गरेका थिए । यो हारसँगै म्यान्युको शिर्ष चारमा पर्ने सम्भावना निकै कम भएको छ ।

३५ खेल खेलेको म्यान्युको अंक तालिकामा ६५ अंक रहेको छ । त्यस्तै ३४ खेल खेलेको आर्सनलकोे ६३ अंक रहेको छ ।

The post म्यानचेष्टर युनाइटेडलाई आर्सनलको झट्का appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles