काठमाडौं, २९ वैशाख । आइपिएल क्रिकेटमा मुम्बई इण्डियन्सलाई हराउँदै किंग्स इलेभेन पन्जावले प्लेअफमा पुग्ने सम्भावना जीवितै राखेको छ ।
विहीबार राति भएको खेलमा पन्जाबले मुम्बइ इण्डियन्सलाई ७ रनले हराएको हो । पन्जावले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २३ रन मात्र बनाउन सक्यो ।
मुम्बईका लागि लेण्डल सिमोन्सले ३२ बलमा ५९ रन, किरोन पोलार्डले २४ बलमा अविजित ५० रन बनाए । यस्तै हार्दिक पाण्डेयले ३०, पार्थिव पटेलले ३८ रन, कर्ण शर्माले १९ रन बनाए पनि हार टार्न सकेनन् । पञ्जावका मोहित शर्माले दुई तथा सन्दीप शर्मा, अक्षर पटेल, ग्लेन म्याक्सवेल र राहुल तेवाटियाले एक एक विकेट लिए ।
यसअघि टस हारेपछि व्याटिङ गरेको पन्जावले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । पञ्जावका लागि ऋद्धिमन शाहले ५५ बलमा अविजित ९३ रन बनाए । ग्लेन म्याक्सवेलले २१ बलमा ४७ रन, मार्टिन गुप्टिलले १८ बलमा ३६ रन, सौन मार्सले १६ बलमा २५ साथै अक्षर पटेलले १३ बलमा १९ रन बनाए ।
मुम्बईका मिचेल म्याक्लेनेगन, जसप्रित बुम्राह र कर्ण शर्माले एक एक विकेट लिए । मुम्बइ यसअघिनै प्लेअफमा पुगिसकेको छ ।
The post आइपिएल क्रिकेटमा पञ्जावको प्लेअफमा पुग्ने सम्भावना कायमै appeared first on Sajha Post.