एजेन्सी, १० जेठ । च्याम्यिपन्स लिग खेल्ने सपना बोकेको इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई युरोपा लिगको उपाधि जित्नै पर्ने बाध्यता रहेको छ ।
आज राति हुने फाइनल खेलमा म्यानचेस्टर युनाइटेड र आयाक्स भिड्दैछन्।
प्रिमियर लिगमा गतिलो खेल देखाउन नसकेपछि शिर्ष चारमा नपरेको म्यानचेष्टरका लागि च्याम्पियन्स लिग खेल्ने यो मात्र एउटा ढोका हो ।
आजसम्म युरोपा लिग नजितेको म्यानचेष्टर इतिहास रच्ने दाउमा छ । फुटबल समिक्षकहरुले पनि फाइनल खेल जितेमा म्यानचेष्टर युनाइटेडको यो सिजन सफल मानिने बताइरहेका छन् ।
आयाक्सका युवा खेलाडीहरुमा युनाइटेडलाई हराउने जोश रहेको आयाक्सका प्रशिक्षकले बताएका छने । सन् १९९६ मा पश्चात युरोपा लिगको फाइनलमा पहिलो पटक पुगेको आयाक्सले युनाइटेडलाई कडा चुनौती दिने केही फुटबल समिक्षकहरुको भनाइ छ ।
The post युरोपा लिग फाइनल प्रिभियुः आयाक्स भर्सेस म्यानचेष्टर युनाइटेड appeared first on Sajha Post.