Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेष्टर युनाइटेडले जित्यो युरोपा लिगको उपाधि

$
0
0

एजेन्सी, ११ जेठ । म्यानचेष्टर युनाइटेडले युरोपा लिगको फाइनल खेलमा आयाक्सलाई २-० गोलले हराउँदै  च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।
बुधबार राति भएको युरोपा लिगको उपाधि पहिलो जित्दै म्यानचेष्टर युनाइटेडले नयाँ इतिहास रचेको छ ।
निकै दबाबमा रहेको युनाइटेडका लागि पोउल गोग्वाले खेलको १८ औ मिनेटमा गोल गर्दै अग्रता दिलाए । खेलको ४८ औ मिनेटमा हेनरिक मिख्तारिएनले गोल गरे । दुई गोलको अग्रता बनाएको युनाइटेडलाई आयाक्सले दबाब दिइनै रह्यो ।

तर, गोल गर्न भने सकेन । यस जितले युनाइटेडलाई ठुलो राहत दिएको छ । प्रिमियर लिगमा शिर्ष चारमा स्थान बनाउन नसकेपछि प्रशिक्षक जोसे मोउरिनो आलोचित बनेका थिए । खेल सकिएपछि आलोचकहरुलाई उनले कडा शब्दमा जबाफ फर्काएका थिए ।

उनले कविहरुले कहिल्यै पनि उपाधि जित्न नसक्ने बताए । म्यानचेष्टर एरिनामा भएको बम बिस्फोटका कारण युरोपा लिगको फाइनल खेल भने छाँयामा परेको मिडिया रिपोर्टमा उल्लेख छ ।

The post म्यानचेष्टर युनाइटेडले जित्यो युरोपा लिगको उपाधि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles