एजेन्सी । रियल म्याड्रिड क्लबसँग आबद्ध पोर्चुगलका लोकप्रिय खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वका सबैभन्दा चर्चित खेलाडीमा १ नम्बरमा पर्न सफल भएका छन् ।
ब्रोड्कास्टर कम्पनी इएसपिएनले जारी गरेको १०० चर्चित खेलाडी को सूचीमा रोनाल्डोले बाँकी सबै खेलाडीलाई पछि पार्दै सबैभन्दा चर्चित खेलाडीको उपनाम पाएका छन् ।
बास्केटबलका उत्कृष्ट खेलाडी लेब्रेन जेम्स र लियोनल मेसीलाई समेत उनले यस सर्भेमा हराएका छन् । जेम्सले दोस्रो स्थान हासिल गरेका छन् भने मेसी तेस्रो स्थानमा पर्छन् । उता क्रिकेट खेलाडीमा भने चारजना मात्र पर्न सफल भएका छन् । भारतीय कप्तान विराट कोहली १३ औँ स्थानमा परेका छन् भने महेन्द्र सिंह ध्वोनी २५ औँ नम्बरमा आएका छन् ।
अन्य शिर्ष दस स्थान प्राप्त गर्न सफल खेलाडीहरु यस प्रकार छन् रोजर फेडेरर (टेनिस), फिल मिकेलसन (गल्फ), नेमार (फुटबल), उसेन बोल्ट (एथ्लेटिक्स), केभिन डुरान्ट (बास्केटबल), रोफेल नाडाल (टेनिस), टाइगर उड्स (गल्फ) ।
The post विश्वका सबै खेलाडीलाई पछि पार्दै नम्बर एकमा रोनाल्डो appeared first on Sajha Post.