Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियल मड्रिडलाई पछार्ने दाउमा युभेन्ट्स

$
0
0

एजेन्सी, २० जेठ । आज राति च्याम्पियन्स लिगको फाइनल खेलमा स्पेनी लिग च्याम्पियन रियल मड्रिड र इटालियन लिग र कप विजेता युभेन्टस आमनेसामने गर्दछन् ।
यस सिजनको च्याम्पियन्स लिगमा सबैभन्दा कम गोल खाएको युभेन्ट्सले काउन्टर एट्याकमा माहिर मानिएको रियललाई कडा चुनौती दिने अपेक्षा गरिएको छ ।
रियलका लागि क्रिस्टियानो रोनाल्डो, बेल, करिम बेन्जेमा जस्ता खेलाडीहरु फिट रहेका छन् । त्यस्तै यो सिजन उत्कृष्ट खेल प्रदर्शन गरेको युभेन्ट्सका खेलाडीहरु गोन्जालो हिगुइन, मारियो माण्डुजकी, पाब्लो ड्याबलाले रियललाई कडा चुनौती दिने अपेक्षा गरिएको छ ।

लगातार ५ वर्षसम्म इटालियन लिगमा बर्चस्व कायम गरेको युभेन्ट्सले यस पटकको च्याम्पियन्स लिग जित्ने सम्भावना उच्च रहेको फुटबल समिक्षकहरु बताउँछन् । त्यस्तै प्रशिक्षक जिदान आएपछि रियलको खेलले फड्को मारेको र रियलले लगातार च्याम्पियन्स लिगमा बर्चस्व राख्ने केही समिक्षकहरुको भनाइ रहेको छ ।

The post रियल मड्रिडलाई पछार्ने दाउमा युभेन्ट्स appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles