काठमाडौं, ६ वैशाख । आईसीसी विश्वक क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियासँगको दोस्रो खेलमा नेपालले टस जितेर फिल्डङ रोजेको छ ।
किर्तिपुरमा टस जितेर नेपाली कप्तान पारस खड्काले नामिबियालाई ब्याटिङको निम्तो दिएका हुन् ।
अघिल्लो खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गरेको थियो । सो खेलमा नेपाल ५ विकेटले विजयी भयो । प्रतियोगितामा कमब्याक गर्न नेपालले आजको खेल पनि जित्नै पर्ने अवस्था छ ।
नेपालले एक खेलाडी परिवर्तन गरेको छ । राजु रिजालको स्थानमा सागर पुनलाई ल्याइएको छ । आजको खेलमा विनोद भण्डारीले विकेट किपिङ गर्नेछन् ।
The post नेपालले जित्यो टस, नामिबियालाई ब्याटिङको निम्तो appeared first on Sajha Post.