Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युरोपका धनी फुटबल क्लबलाई पछि पार्दै चिनियाँ क्लब

$
0
0

एजेन्सी । विश्वका १० सर्वाधिक पारिश्रमिक पाउने खेलाडीहरुमध्ये ४ जना चीनमा रहेका छन् । यो संख्या बढेर जानेमा कुनै शंका नरहेको फुटबल विश्लेषहरु बताउँछन् ।

ओस्कार र टेभज यस्ता दुई खेलाडीहरु रहेका छन् जसले विश्वका चर्चीत खेलाडीहरु क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र ग्यारेथ बेलभन्दा बढी पारिश्रमिक लिन्छन् । १० जना खेलाडीभित्र ब्राजिलका स्टाइकर हल्क, पुर्व साउथह्यामटन स्टाइकर ग्राजियानो पेले जसले प्रत्येक हप्ता क्रमश ३ लाख १७ हजार पाउण्ड र २ लाख ६० हजार पाउण्ड पारिश्रमिक पाउँछन् ।

विश्वका चर्चीत खेलाडीहरु भित्राउन चिनियाँ क्लबहरु जति नै पैसा खर्च गर्न पनि तयार रहेका छन् । याया टोउरेलाई प्रत्येक हप्ता ५ लाख ७७ हजार पाउण्ड अफर गरिएको थियो, त्यस्तै क्रिस्टियानो रोनाल्डो र जालाटनलाई लाई प्रत्येक हप्ता १ मिलियन दिने हल्ला पनि चलेको थियो ।

 

पछिल्लो पटक चीनको व्यापार ब्राजिलमा बढिरहेको छ । यसका कारण पनि ब्राजिलका कतिपय खेलाडीहरु चीन आउन रुचाएका छन् । सन् २०१० यता चीनसँगको बढ्दो व्यापारका कारण कतिपय खेलाडीहरु बिजनेशका हिसाबले पनि चीन सही गन्तव्य भएको भन्दै प्रमुख रोजाईमा चिनियाँ सुपर लिगमा आउन थालेका छन् ।

 

डिडियर ड्रोग्वा र निकोलश एनेल्काले जब युरोपको क्लब छोड्दै चिनियाँ क्लबबाट फुटबल खेल्न थाले तब युरोपका क्लबहरुलाई होस हुन थाल्यो चिनियाँ क्लबहरु पनि चर्चीत खेलाडीहरु भित्राउन र देशको फुटबल स्तर विश्वस्तरीय बनाउन लागि परेका छन् ।

 

सख्तर डोनेस्टिक क्लबबाट व्यवसायिक फुटबल खेलेका ब्राजिलका चर्चीत स्टाइकर एलेक्स टेइक्सइराले पनि चिनियाँ क्लब जियाङसु सुनिङ क्लबबाट फुटबल खेल्ने निधो गरेपछि युरोपमा हलचल नै मच्चिएको थियो । पछिल्लो पटक ओस्कार र कार्लोस टेभेजको पारिश्रमिकले पनि युरोपमा फुटबल खेल्दै आइरहेका खेलाडीहरु समेत सोच्न बाध्य भएका छन् ।

 

The post युरोपका धनी फुटबल क्लबलाई पछि पार्दै चिनियाँ क्लब appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991