Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जसले भारत-पाकिस्तान दुवै तर्फबाट क्रिकेट खेले

$
0
0

मुम्बई । भारत र पाकिस्तान एकअर्काका सबैभन्दा ठूला शत्रु हुन् । अझ क्रिकेटमा त यसले अर्कै रुप लिएको हुन्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीका आफ्नो शत्रु राष्ट्रलाई हराउनु उनीहरुको प्रमुख उद्देश्य हुन्छ । यस्तो अवस्थामा खेलाडीहरुले पनि ज्यानै दिएर खेल प्रस्तुत गर्छन् । आज भारतले च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानको सामना गर्दैछ ।

सन् १९७४ सम्म पाकिस्तानको कुनै अस्तित्व थिएन । खेलाडीहरु त्यसबेला भारतको तर्फबाट खेल्थे । तर भारत विभाजित भएपछि केही खेलाडीहरु पाकिस्तान गए । त्यस्तै आज हामी तपाईलाई केही यस्ता खेलाडीको बारेमा जानकारी गराउँछौं जसले भारत र पाकिस्तान दुवै राष्ट्रबाट क्रिकेट खेलेका छन् ।

आमिर इलाही
सन् १९७४ मा आफ्नो टेस्ट करियरको शुरुआत गरेका आमिरले आफ्नो पहिलो टेस्ट तथा भारतको तर्फबाट अन्तिम टेस्ट सिड्नीमा अष्ट्रेलियाको विरुद्ध खेलेका थिए । उक्त टेस्ट म्याच डिसेम्बर १२ देखि १८ सम्म चलेको थियो । जुन बराबरीमा टुङ्गिएको थियो । उक्त टेस्ट सिरिजमा पाँच म्याच खेलिएको थियो । जसमा चार खेलमा भारतले हार बेहोरेको थियो । यस खेलाडीले भारतका लागि एक म्याच र पाकिस्तानका लागि पाँच म्याच खेले ।

गुल मोहम्मद
सन् १९५६ मा पाकिस्तानको तर्फबाट गुलले आफ्नो पहिलो तथा अन्तिम खेल कराँचीमा अष्ट्रेलियाको विरुद्ध खेलेका थिए । उक्त म्याच पाकिस्तानले नौ विकेटले जितेको थियो । गुलले १९४६ देखि १९५२ सम्म भारतको तर्फबाट खेलेका थिए । यस खेलाडीले भारतको तर्फबाट ८ र पाकिस्तानको तर्फबाट एक म्याच खेले ।

अब्दुल हफीज कारदार
अब्दुल हफीजले सन् १९४६ देखि १९४८ सम्म भारतको तर्फबाट र सन् १९५२ देखि १९५८ सम्म पाकिस्तानको तर्फबाट क्रिकेट खेले । भारतको तर्फबाट तीन खेल खेलेपछि अब्दुल हफीज पाकिस्तान क्रिकेटको कप्तान बने । मात्र तीन खेल खेलेपछि नै पाकिस्तानी क्रिकेटको कप्तान कसरी बने भनेर त्यस समय उनी निकै विवादमा तानिएका थिए । हफीजले आफ्नो टेस्ट करियर सन् १९५८ मा समाप्त गरेका थिए ।

The post जसले भारत-पाकिस्तान दुवै तर्फबाट क्रिकेट खेले appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles