Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लियोनल मेस्सीबारे यस्तो भन्छन् नियमार

$
0
0

एजेन्सी । ब्राजिलियन स्टार नियमारले टिममेट लियोनल मेस्सीको खुलेर तारिफ गरेका छन् । बितेको चार वर्षदेखि बार्सा क्लबबाट व्यवासायिक फुटबल खेल्दै आइरहेका नियमार र मेस्सीको पार्टनरसिप विश्वकै उत्कृष्ट मानिन्छ ।

उनले मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएको र उनको जत्तिको खेलाडी हालसम्म कोही पनि नरहेको बताएका छन् ।

गोलडटकमसँग कुरा गर्ने क्रममा मेस्सीबारे नियमार यस्तो प्रतिक्रिया दिएका हुन् । लियोनल मेस्सी यति धेरै कसरी उत्कृष्ट हुन सक्छन् आफु पनि आश्चर्यमा परेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘तपाईले ठ्याक्कै भन्नै सक्नुहुन्न लियोनल मेस्सी के कारणले उत्कृष्ट भए ।’

उनले थप्दै भने, ‘उ एकदमै दानी पनि छ । उसमा अहमता कत्ति पनि छैन । अरुलाई गोल गर्ने अवसर उसले धेरैपटक निकालेको छ । मेस्सीले मलाई व्यवसायिक खेलाडी हुन धेरै मदत गरेका छन् ।’

केही दिनयता नियमारले बार्सा छोड्ने हल्लाले व्यापकता पाएको छ । यसबारे भने उनी मौन रहेका छन् ।

The post लियोनल मेस्सीबारे यस्तो भन्छन् नियमार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles