काठमाडौं, ६ साउन । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ ।
नेपालले दिएको १ सय ६९ रनको लक्ष्य सिंगापुर ४६ ओभर ५ बलमा १ सय ४६ रनमा सीमित भयो । नेपालका लागि कप्तान सन्दीप लामिछानेले चार विकेट लिएर सिंगापुरको ब्याटिङ लाइनअपलाई धरासायी पारे । त्यस्तै पवन शर्राफ र किशोर महतोले २/२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे ।
सिंगापुरका हंसुल दीपले सर्वाधिक ३२ रन बनाए । आर रोहनले २३ रन जोड्दा सेन अग्रवालले २१ रनको योगदान गरे । त्यस्तै युवराजले १९ रन बनाए ।
The post नेपालद्वारा सिंगापुर २२ रनले पराजित appeared first on Sajha Post.