Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

यु-१४ छात्रा रिजनल फुटबलमा नेपाल र भारत भिड्ने

$
0
0

Footballकाठमाडौं, १४ वैशाख । एएफसी चौध वर्षमुनि (यु–१४)को छात्रा रिजनल फुटबल च्याम्पियनसिपमा नेपाली टोलीले भोलि चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दै प्रतियोगिताको उद्घाटन खेल खेल्ने भएको छ ।

ताजकिस्तानको एभिएटर स्टेडियममा हुने उक्त खेलमा नेपालले विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भने यही वैशाख १६ गते बुधबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

विभिन्न सात राष्ट्रले भाग लिएको उक्त प्रतियोगिताको सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् । त्यसैगरी समूह ‘ए’ मा भने आयोजक ताजकिस्तानसहित कीर्गिस्तान, भुटान र इरान छन् ।

नेपाली टोलीमा दिलकुमारी राना, नजना रानामगर, दुर्गा खत्री, मनिसा गिरी, पवित्रा राई, पुनम घिमिरे, पूर्णिमा घिसिङ, रोसनी खत्री, सविना चौधरी, सलोनी रानामगर, सरिता न्यौपाने, श्रीषा कार्की, सुमित्रा सिंह पाख्रिन र उदया थापा छन् । रासस

The post यु-१४ छात्रा रिजनल फुटबलमा नेपाल र भारत भिड्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles