Quantcast
Viewing all articles
Browse latest Browse all 7991

गुजरातले दिल्लीलाई एक रनले हरायो

Image may be NSFW.
Clik here to view.
ipl

नयाँ दिल्ली, १६ वैशाख । इन्डियन प्रिमियर लिग अन्तर्गत हिजो दिल्ली डेयर डेभिल्स र गुजरात लायन्सबीचको खेलमा गुजरातले दिल्लीलाई १ रनले हराएको छ । दिल्ली डेयरडेविल्सलाई एक रनले हराए पछि गुजरात लायंस अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । गुजरात लायंस छवटा म्याचमा पाँचवटा जिती १० अंकसहित अंकतालिकाको शीर्षस्थानमा छ जबकि पाँचवटा म्याचमा दुईवटा हारेकाे डेयरडेविल्सको ६ अंक छ ।

गुजरातको जीतमा मैकुलमले र स्मिथले ११२ रनको धमाकेदार साझेदारी गरेका थिए । गुजरातले २० ओभरको खेलमा ६ विकेट गुमाएर १७२ रन जोडेको थियो ।
जवाफी ब्याटिङमा उत्रेको दिल्ली डेयर डेभिल्सका क्रिस मोरिस र जेपी डुमिन मिलेर पाचौं विकेटको लागि मात्र ६.३ ओभरमा ८७ रनको साझेदारी गरेपनि दिल्लीलाई जितको लागि प्रयाप्त हुन सकेन । मोरिसले ३२ बलमा ८२ रनको सानदार पारी खेले जसमा ८ छक्का र ४ चौका हाने । गुजरात लायंस छवटा
लक्ष्य पछ्याउने क्रममा टिम दिल्लीको शुरुवात सम्झनलायक बनेन । कुलकर्णीले पहिलो ओभरमै संजु सैमसन(०१)लाई मिड अनमा जेम्स फकनरको हातबाट क्याच गराए । कुलकर्णीले अर्को ओभरमा विष्फोटक ब्याट्सम्यान क्विंटन डिकक(०५) र करुण नायर(०९)लाई समेत पेभेलियनको बाटो देखाए र दिल्लीले १६ रनमा ३ विकेट गुमायो । दिल्लीले पावर प्लेमा मात्र २२ रन बनाउन सक्यो ।
डुमिनी र रिषभ पन्त(२०)ले पारीलाई सम्हाल्ने कोशिस गरे तर दुबैले सुस्त ब्याटिङ गरे । दुबैले लायंस कप्तान रैनाको बलिङमा चौका लगाए । दिल्लीको ५० रन ९.५ ओभरमा पुरा भयो । मोरिसले फकनरको बलिङमा लगातार दुई छक्का हानेर दम देखाए । त्यसपछि ब्राबोको बलिङमा पनि छक्का हाने । यसका साथै उनले १७ बलमा अर्धशतक पुरा गरे ।
दिल्लीलाई जित्न दुई ओभरमा १८ चाहिए पनि प्रवीणको ओभरमा मात्र चार रन बन्यो । र अन्तिम ओभरमा ब्राबोको बलिङमा जित दर्ता गर्न खोजेपनि त्यो सफल हुन सकेन र दिल्ली १ रनले हार बेहोर्न बाध्य भयो ।

The post गुजरातले दिल्लीलाई एक रनले हरायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles