Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिन्छौं : खेलकुदमन्त्री केसी

$
0
0
फाइल फोटो

काठमाडौं, २० साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रका लागि पसिना बगाउने खेलाडीको हकहितका लागि आफ्नातर्फबाट सक्दो पहल गरिने बताएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफूलाई बधाई तथा ध्यानाकर्षण गर्ने क्रममा उनले खेलाडी र सरकारसँग अन्तरक्रिया गरेर पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने बताए ।

मन्त्री केसीले आगामी सन् २०१९ मा घरेलु मैदानमा आयोजना गरिने दक्षिण एसियाली खेलकुद (साग)कै बहाना गरेर भए पनि भौतिक पूर्वाधारको निर्माण गरिने बताए । भूकम्पका कारण क्षतविक्षत भौतिक संरचना पुनःनिर्माणका लागि उपकरण अभाव भएको हुँदा तत्काल निर्माण गर्न नसकिने बताउँदै सम्बन्धित निकायसँग सो विषयमा छलफल भइरहेको मन्त्री केसीले जानकारी दिए ।

The post पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिन्छौं : खेलकुदमन्त्री केसी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles