काडमाडौं । रेसलर्सले कति कमाउँछन् भनेर हामीलाई थाहा नहुन सक्छ । तलव तथा ब्राण्डमार्फत् डब्लुडब्लुईका खेलाडीको आम्दानी राम्रो हुने गर्छ । सबैभन्दा बढी कमाउने १० जना रेसलर्सको सूचि यहाँ दिइएको छ ।
१. यो सूचिको पहिलो स्थानमा ब्रोक लेसनरको नाम रहेको छ । उनले अहिलेसम्म रेसलिङ खेलेर १२ मिलियन अमेरिकी डलर कमाइसकेका छन् ।
२. धेरै कमाउने रेसलर्सको सूचिमा जोन सेना दोस्रो स्थानमा छन् । उनले अहिलेसम्म ८ मिलियन अमेरिकी डलर कमाई सकेका छन् ।
३. यो सूचिको तेस्रो स्थानमा ट्रिपल एचको नाम रहेको छ । उनले अहिलेसम्म रेसलिङ खेलेर ३.८ मिलियन अमेरिकी डलर कमाई सकेका छन् ।
४. सबैभन्दा बढी कमाउने रेसलर्सको सूचिमा रोमन रेन्सको नाम चौथो स्थानमा रहेको छ । उनले अहिलेसम्म ३. ५ मिलियन अमेरिकी डलर कमाई सकेका छन् ।
५. डिन एम्ब्रोस यो सूचिको पाँचौं स्थानमा रहेका छन् । उनले २.७ मिलियन अमेरिकी डलर कमाइसकेका छन् ।
६. एजे स्टाइलिसको नाम सबैभन्दा बढी कमाउने रेसलर्समो सूचिमा छैटौं स्थानमा रहेको छ । उनले रेसलिङबाट २.४ मिलियन अमेरिकी डलर कमाइसकेका छन् ।
७. यो सूचिको सातौं स्थानमा शेन म्याकमेहन पर्छन् । उनले रेसलिङ खेलेर २.२ मिलियन अमेरिकी डलर कमाई सकेका छन् ।
८. धेरै कमाउने रेसलर्सको सूचिमा द अन्डर टेकरको नाम आठौं स्थानमा रहेको छ । उनको कूल आम्दानी २ मिलियन अमेरिकी डलर रहेको छ ।
९. सबैभन्दा बढी कमाउने रेसलर्समा सेथ रोलिन्स नवौं स्थानमा रहेका छन् । उनको कूल आम्दानी २ मिलियन अमेरिकी डलर रहेको छ ।
१०. यो सूचिको दशौं स्थानमा रान्डी ओर्टोन पर्छन् । उनको कूल कमाई १. ९ मिलियन अमेरिकी डलर रहेको छ ।
The post सबैभन्दा धनी १० रेसलर्सको सूचि, ब्रोक लेसनरदेखि रान्डी ओर्टोनसम्म appeared first on Sajha Post.