एजेन्सी, २ भदौ । स्पेनिस क्लब बार्सिलोना यतिखेर संकटमा देखिएको छ । स्पेनिस लिग सुरु नुहँदै बार्सिलोनाको मनोबल नराम्रोसँग गिरेको बार्सिलोनाका मिडफिल्डर जेरार्ड पिकेले समेत स्वीकारेका छन् ।
उनले आफुहरु पहिलो पटक निरिह महसुस गरेको बताएका थिए । उता नेयमारले बार्सिलोना छोडेपछि अब बार्सिलोनाको मनोबल उच्च बनाउन कस्ता खेलाडीहरु क्लबले अनुबन्ध गर्नेछ, यसैको चर्चा चौतर्फी रहेको छ ।
ब्राजिलियन स्टार पउलिन्हो किनेको बार्सिलोनाले लिभरपुल स्टार कोउटिन्हो र बोरुसिया डर्टमण्टका डेम्बेले किन्ने तयारीमा रहेको छ । तर, फुटबल समिक्षकहरुले पउलिन्हो जस्तो फ्लप खेलाडी किनेर बार्सिलोनाले गल्ती गरेको बताएका छन् ।
उता लिभरपुल र बोरुसियाले आफ्ना खेलाडीहरु यस सिजनका लागि बिक्रिमा नरहेको बताउँदै आइरहेका छन् । दुवै क्लबले दुई पटकसम्म बार्सिलोनाको प्रस्ताव अस्विकार गरिसकेका छन् ।
यो अवस्थामा बार्सिलोनाको संकट झन् थपिएको फुटबल समिक्षकहरुको भनाइ छ । यही अवस्था रहे यस सिजन पनि रियल मड्रिडले राम्रो सफलता प्राप्त गर्ने उनीहरुको ठम्याइ छ ।
रियललाई च्यालेन्ज गर्न पनि बार्सिलोनाको पहिलो ११ टोली सुदृढ बनाउनु पर्ने उनीहरुको भनाई छ । इभर्टनबाट जेरार्ड डेफुलु बार्सिलोना फिर्ता आएपनि नेयमारको स्थान लिन सकिरहेका छैनन् ।
स्वारेज घाइते भएका छन् । उनले ६ खेल गुमाउने भएका छन् । यसले पनि बार्सिलोनालाई थप पिडा दिएको छ ।
उता लियोनल मेस्सीले क्लबसँग सम्झौतामा हस्ताक्षर नगरेको बताइएको छ । अब बार्सिलोना यो संकटबाट कसरी बाहिर आउँछ त्यो भने हेर्नै बाँकी रहेको छ ।
The post बार्सिलोना संकटमा, पहिलो पटक रियलसामु निरिह महसुस गरे पिकले appeared first on Sajha Post.