Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः रियल मड्रिड र टोटनह्यामको सहज जित

$
0
0

एजेन्सी, ११ असोज । मंगलबार राति भएको च्याम्पियन्स लिग खेलमा रियल मड्रिडले बोरुसिया डर्टमण्डलाई ३-१ गोलले पराजित गरेको छ । खेलको १८ औ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई अग्रता दिलाए ।

खेलको ५० औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरे । तर, खेलमा फर्कन बोरुसियाले केही आशलाग्दा अवसर सिर्जना गरेको थियो । खेलको ५४ औ मिनेटमा इमिरीक एयुएमयाङले एक गोल फर्काए ।

तर, रोनाल्डो पुन चम्किए । उनले ७९ औ मिनेटमा दोस्रो गोल गरे । यो जितसँगै रियलले च्याम्पियन्स लिगमा बलियो खेल प्रदर्शनलाई जारी गरेको छ ।

उता टोटनह्यामले एपोल निकोसियालाई ३-० गोलले पराजित गरेको छ । टोटनह्यामका लागि ह्यारी केनले तीन गोल गरे ।

The post च्याम्पियन्स लिगः रियल मड्रिड र टोटनह्यामको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles