Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिग उपाधि जित्ने दाउमा लिभरपुल प्रशिक्षक

$
0
0

एजेन्सी, १७ असोज । लिभरपुलका प्रशिक्षक उर्गेन क्लपले आफुहरु अझै प्रिमियर लिग उपाधिको दाबेदार टोली भएको बताएका छन् । न्युक्यासलसँग बराबरी खेल खेलेपछि लिभरपुलको चौतर्फी आलोचना भएको थियो ।

मिडिया रिपोर्टका अनुसार उनको टोली फर्ममा रहेको र यस्तो समस्या हरेक टिममा देखिन्छ । क्लपले टोलीले पछिल्ला ७ खेलमा १ खेलमामात्र जित हात पारेको छ ।

गएको सिजन उत्कृष्ट खेल प्रदर्शन गर्दै शिर्ष चारमा स्थान बनाउन सफल लिभरपुलले यस सिजन पनि प्रिमियर लिग उपाधिको लागि लड्ने उनले बताएका छन् ।

फिलिपिनो कोटिन्हो, ड्यानियल स्टरिज जस्ता खेलाडीहरु पुन मैदानमा फर्किएका छन् । साइडो माने पनि उच्च फर्ममा रहेका छन् । क्लपका अनुसार लिभरपुलमा सबै खाले खेलाडीहरु रहेका छन् । यसले गर्दा पनि लिभरपुल प्रिमियर लिग उपाधिको लागि बलियो टोली भएको क्लपले बताएका छन् ।

The post प्रिमियर लिग उपाधि जित्ने दाउमा लिभरपुल प्रशिक्षक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles