Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

धोनीलाई हटाएर विराटलाई ‘वान डे’कप्तानी दिनुपर्छ- शास्त्री

$
0
0

मुम्बई, १८ जेठ । भारतीय क्रिकेट टिमका पूर्व निर्देशक रवि शास्त्रीले धोनीलाई हटाएर विराट कोहलीलाई एक दिवसीय टिमकोसमे कप्तान बनाउन आफूले पहल गर्ने बताएका छन् ।

Ravi shastri

उनले भनेका छन्. ‘फैसला एकदम गाह्रो छ । यदि म छनोट कमिटीको प्रमुुख हुन्थेँ भने यो फैसला लिन्थेँ । विराट जुनसुकै फर्मेटमा लिड गर्न तयार छन् ।’ कोहलीले हाल टेस्ट क्रिकेटको कप्तानी गरिरहेका छन् ।

धोनीले डिसेम्बर २०१४ बाट टेस्ट क्रिकेटमा आफ्नो खेलयात्रा समाप्त भएको घोषणा गरेका थिए । शास्त्रीले विराटलाई कप्तान बनाउनु पर्नाका यी तीन कारण प्रस्तुत गरेका छन् ।

१. आईपीएल सकिएपछि एक अन्तरवार्तामा शास्त्रीले भने, ‘मलाई लाग्छ अब कोहलीलाई तीनै फर्मेटको कप्तानी दिने बेला आइसक्यो । धोनीले कोहलीको कप्तानीमा खेल्नुपर्छ ।’

२. शास्त्रीले भने, ‘आगामी तीन वर्षसम्म कुनै ठूलो इभेन्ट छैन । त्यसपछि विश्वकप आउँछ । त्यसैले अहिलेदेखि नै यो तयारी गर्नुपर्छ ।’

३. धोनीले अब खेलको फाइदा लिन सक्नुपर्छ । अन्ततः यो देखिने छ कि, ‘धोनीमा अहिले कति धैर्य बचेको छ ?’ । धोनीले नै कोहलीलाई तयार पारेका छन् ।

The post धोनीलाई हटाएर विराटलाई ‘वान डे’ कप्तानी दिनुपर्छ- शास्त्री appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles