Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बक्सिङका बादशाह मोहम्मद अलीको निधन

$
0
0

mohammad ali
एजेन्सी, २२ जेठ । पूर्व हेभिवेट बक्सिङ च्याम्पियन मोहम्मद अलीको ७४ वर्षको उमेरमा निधन भएको छ । अलीलाई इतिहासकै सबैभन्दा चर्चित बक्सिङ खेलाडीको रुपमा हेर्ने गरिन्छ ।

विहीवार श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि अलीलाई अमेरिकाको फिनिक्स हस्पिटलमा भर्ना गरिएको थियो । उनी पार्किन्सन्स रोगबाट लामो समयदेखि ग्रसित थिए । उनको उपचारका क्रममा हस्पिटलमा निधन भएको थियो ।

मोहम्मद अलीको जन्म सन् १९४२ जनवरीमा अमेरिकी राज्य केन्टुकीमा भएको थियो । उनको वास्तविक नाम क्यासियस मार्सिलस क्ले थियो । १२ वर्षको उमेरबाट नै उनले आफ्ना बक्सिङ क्यारियर शुरु गरेका थिए ।

शताब्दीकै महान खेलाडीको उपमा पाइसकेका अली २२ वर्षको उमेरमा नै कसैसँग नहारेका सोनी लिस्टनलाई सन १९६४ मा हराएर विश्वभर तहल्का मच्चाएका थिए । त्यही वर्ष उनले आफू इस्लाम धर्म अपनाएर आफ्नो नाम मोहम्मद अली राखेका थिए ।
खेल जीवन

जर्ज फोरम्यानलाई हराएपछि मोहम्मद अली(दायाँ) खुशी हुदैं

मोहम्मद अलीले सन् १९६० मा ओलम्पिकमा लाइट हेभिवेटका लागि स्वर्ण पदक जितेका थिए । उक्त वर्षबाट व्यवसायिक बक्सिङमा प्रवेश गरेका अली १९६४ देखि १९६७, १९७४ देखि १९७८ र १९७८ देखि १९७९ गरी ३ पटकसम्म हेभिवेट च्याम्पियनको उपाधि जितेका थिए ।

सन् १९६७ मा अमेरिकी सेनामा भर्ना हुन नमानेपछि उनलाई सेनाको राष्ट्रिय नियम उल्लङघन गरेको आरोप लगाउँदै उनको पदक खोसिएको थियो । त्यसपछि उनी ४ वर्षसम्म बक्सिङ खेल्नबाट वञ्चित भएका थिए ।

सन् १९७१ मा उक्त आरोपबाट मुक्त भएपछि बक्सिङ मा पुनः प्रवेश गरेका थिए । तर त्यही वर्ष जो फ्रेजियरद्धारा अली पराजित हुन पुगे । पछि सन् १९७४ अक्टोवर ३० मा जर्ज फोनम्यानलाई हराउँदै उनी पुनः च्याम्पियन बन्न पुगे । सन् १९७५ मा फ्रेजरलाई हराउन सफल भएपछि तेश्रो पटक हेभिवेट च्याम्पियनको उपाधि कब्जा गरेका थिए ।

सन् १९८० मा ल्यारी होम्ससँग पराजित भएपछि महान खेलाडी अलीले औपचारिकरुपमा बक्सिङ खेलबाट अवकाश लिएका थिए ।

सामाजिक जीवन

सन् २००२ मा युएन शान्तिदूत नियुक्त भएपछि अफगानिस्तानका बालबालिकालाई भेट्दै अली

मोहम्मद अली विश्वभर चर्चित हुनुको अर्को कारण उनी खेलाडी बाहेक सामाजिक अभियन्ता पनि थिए । भियतनाम युद्धको चर्चो आलोचना गर्दै अमेरिकी सेनामा भर्ना हुन नमानेपछि अलीलाई सेनाको नियम उल्लङघन गरेको आरोप लगाइएको थियो । त्यस्तै रंगभेदविरुद्ध अभियान चलाएको कारण उनी निकै चर्चित बनेको थिए ।

इस्लाम धर्म अपनाएपछि मोहम्मद अली सामाजिक क्षेत्रमा प्रवेश गरेका थिए । सन् १९६४ मा नेशन अफ इस्लाम भन्ने एउटा धार्मिक आन्दोलनमा सहभागी भएपछि उनको सामाजिक यात्रा शुरु भएको थियो । उक्त संगठनको लक्ष्य अमेरिकामा रहेको अफ्रिकन अमेरिकन नागरिकको मनोवैज्ञानिक, आध्यात्मिक, सामाजिक तथा आर्थिक अवस्थामा सुधार ल्याउनु थियो ।

तर यस संगठनले अफ्रिकन नागरिकको पृथक विकासको वकालत गरेर डा.मार्टिन लुथर किङको समावेशी अभियान भन्दा फरक अभियान सञ्चालन गरेको थियो । उनले कविता पनि लेख्दथे ।

The post बक्सिङका बादशाह मोहम्मद अलीको निधन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles