काठमाडौं, १७ मंसिर । युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग आज एक दिवसीय अभ्यास खेल खेल्दै छ ।
विश्व क्रिकेट लिग च्याम्पीयन्सीप अन्तर्गत घरेलु टोली युएईसँग अन्तिम चरणको खेल खेल्न गएको नेपालले दोस्रो अभ्यास खेलमा केन्यासँग खेल्न लागेको हो । यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा डिभिजन तीनको टोली अमेरिकासँग नेपाल ५ विकेटले पराजित भएको थियो ।
जारी विश्व क्रिकेट लिग च्याम्पीयन्सीपबाट नेपाल डिभिजन टू मा घटुवा भइसकेको छ । प्रतियोगिताको फाइनल पुग्न सके नेपालले एक दिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान पक्का गर्ने छ ।
The post केन्यासँग एक दिवसीय अभ्यास खेल्दै नेपाली क्रिकेट टोली appeared first on Sajha Post.