Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर सिटी र आर्सनल इएफएल कपको सेमिफाइलनमा

$
0
0

एजेन्सी, ५ पुस । गए राति भएको इएफएल कपमा लेइसेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ ।

बर्नाण्डो सिल्भाले खेलको २६ औ मिनेटमा गोल गर्दै म्यान सिटीलाई अग्रता दिलाएका थिए । तर, खेल सकिन केही मिनेट बाँकी रहँदा लेइसेस्टर सिटीले पेनाल्टी पाएको थियो जसको सदुपयोग जेम्स भर्डीले गरे ।

एकएक गोलको स्थितिमा खेल रहेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

लेइसेस्टरका लागि जेम्स भर्डी र रियाद महरेजले गोल गर्न नसक्दा म्यान सिटीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

त्यस्तै अर्को खेलमा आर्सनलले वेस्टह्यामलाई १-० गोलले पराजित गर्दै इएफएल कपको सेमिफाइनलमा पुगेको छ । आर्सनलका लागि एकमात्र गोल ड्यानी वेलबेकले गरे ।

The post म्यानचेस्टर सिटी र आर्सनल इएफएल कपको सेमिफाइलनमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images