एजेन्सी, ५ मंसिर । चर्चित फुटबल स्टार क्रिश्चियानो रोनाल्डो विश्वकै धनी खेलाडी हुन् । उनले आफ्नो कमाइलाई कार किन्नमा खर्च गर्छन् । उनीसँग विश्वका महंगा र विलासी गाडीको कलेक्शन नै छ ।

तीव्र गतिमा गुड्ने कार भने पछि रोनाल्डो हुरुक्कै हुन्छन् । उनीसँग हाल १९ वटा विलासी कार छन् । उनको सबैभन्दा लोकप्रिय कार भनेको बुगाती भेयरन हो । वार्षिक ३० मिलियन अमेरिकी डलर कमाउने रोनाल्डोले यो कार १.७ मिलियन डलर (करिव १८ करोड नेपाली रुपैयां) मा किनेका थिए । यसबाहेक उनीसँग लिम्बोर्गनी, बिएमडब्ल्यु, मर्सिडिज, पोर्शे तथा फेरारीका विभिन्न मोडेलका कार छन् ।

रोनाल्डोले किनेको बुगाती भेयरन कारको मूल्य भारतका धनी क्रिकेटर विराट कोहलीसँग भएका ४ वटा विलासी कारभन्दा बढी छ ।
The post तपाईंलाई थाहा छ, रोनाल्डोसँग कतिवटा कार छन् ? appeared first on Sajha Post.