Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एक्लै खेल अभ्यास गरिरहेका छन् रोनाल्डो, कारण यस्तो

$
0
0

एजेन्सी, ६ पुस । रियल मड्रिडका स्टाइकर क्रिस्टियानो रोनाल्डो पछिल्लो समय एक्लै अभ्यास गरिरहेका छन् । शनिबार रहेको एलक्लासिकोमा उनको उपस्थिति के हुने अझै प्रष्ट हुन सकेको छैन । रोनाल्डो क्लब विश्वकप खेल्ने क्रममा घाइते भएका थिए ।

उनलाई पिडौलामा चोट लागेको थियो । बार्सिलोनासँग ८ अंकको अंकदुरी भएका कारण पनि बार्सिलोनासँगका खेलमा राम्रो नतिजा ल्याउनै पर्ने दबाब रियललाई रहेको छ ।

प्रमुख खेलाडीको अभाव हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । अर्का प्रमुख खेलाडी करिम बेन्जेमा भने चोटमुक्त हुँदै फर्किएका छन् । प्रशिक्षक जिनेदान जिदानले बार्सिलोनासँगको खेलमा कस्तो नतिजा हात पार्छन् सबैको चासोको विषय बनेको छ ।

उनले रोनाल्डोको चोटबारे भने हालसम्म मिडियामा खुलेर बताएका छैनन् ।

The post एक्लै खेल अभ्यास गरिरहेका छन् रोनाल्डो, कारण यस्तो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles