काठमाडौं, ७ माघ । मदन भण्डारीको स्मृतिमा इटहरी गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । शनिबारबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा थ्रीस्टार क्लब बिजयी भएको थियो ।
थ्रीस्टारले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको हो । प्रतियोगितामा ए डिभिजन लिगका चार, मोफसलका दुई, भुटान र कोलकाताका गरी आठ टोली सहभागी हुँदैछन् ।
The post इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज झापा र मनाङ भिड्दै appeared first on Sajha Post.