काठमाडौं, ८ माघ । अष्ट्रेलियाका पूर्व कप्तान माईकल क्लार्कले सन्दीप लामिछाने आईपिएल क्रिकेटका खेल्नका लागि योग्य रहेको बताएका छन् ।
सन्दीप आईपिएलको बोलकबोलमा परेपछि ट्वीटरमार्फत बधाइ दिंदै उनले यस्तो बताएका हुन् । क्लार्कले आफु खेलाडी छनोट टोलीको सदस्य भएको भए सन्दीपलाई छनौट गर्ने बताएका छन् ।
क्लार्कले केहि समय अघि सन्दिपलाई अष्ट्रेलियामा बलिङ्ग प्रशिक्षण र क्रिकेट खेल्न अवसर जुटाइदिएका थिए । क्लार्कले सन्दीपको प्रशंसा गर्दै सन्दीपलाई गज्जबको प्रतिभाको संज्ञा दिएका छन् ।
नेपालका लेग स्पिनर सन्दीप आईपिएल क्रिकेटको बोलकबोलका लागि छनोट भएसँगै उनको चर्चा चुलिएको छ ।
Brilliant to see mate, if I was apart of a team I would pick him up quick smart. Wonderful talent and little champion
https://t.co/vITPy9Mkf0
— Michael Clarke (@MClarke23) January 21, 2018
The post अष्ट्रेलियन पूर्वकप्तान क्लार्क भन्छन्– सन्दीप आइपिएलका लागि योग्य छन् appeared first on Sajha Post.