Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मैत्रिपूर्ण क्रिकेटमा नेपालको लगातार दोस्रो जित

$
0
0

Cricket

काठमाडौं, ३१ असार । नेपाली क्रिकेट टोलीले लगातार दोस्रो जित हात पारेको छ । बेलायत भ्रमणमा रहेको टोलीले पहिलो खेलमा स्थानीय फ्रि फोरेष्टर क्लबलाई १२९ रनले हराएको छ । त्यस्तै नेपालले गएराति भएको दोस्रो खेलमा इन्डियन जिमखानालाई २० रनले हराएको छ ।

फ्रि फोरेष्टरसँग नेपालले ४० ओभरको खेल खेलेको थियो भने इन्डिन जिमखानासँग ट्वेन्टी–ट्वेन्टी खेल खेलेको थियो । गएराति सम्पन्न खेलमा टस हारेर ब्याटिङ् गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो । जसका लागि सागर पुनले ५५ रनको योगदान गरेका थिए भने सागरले नै ४७ बलमा एक छक्का र चार चौकाको मद्दतमा ५५ रन बनाएका थिए ।

नेदरल्यान्डसँगको विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग चारवटा मैत्रीपूर्ण खेल खेल्दैछ ।

The post मैत्रिपूर्ण क्रिकेटमा नेपालको लगातार दोस्रो जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles