Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बेलायतमा नेपाली क्रिकेट टोलीको लगातार तेस्रो जित

$
0
0
फाइल फोटो

काठमाडौं, १ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ । अभ्यास खेलका लागि बेलायत गएको नेपाली टिमले शुक्रबार राति भएको तेस्रो अभ्यास खेलमा बेलायतको क्रिकेट क्लब कन्फ्रेन्सलाई चार विकेटले हराएको हो ।

कन्फ्रेन्स क्लबले प्रस्तुत गरेको दुई सय २७ रनको लक्ष्य नेपाली टोलीले ४६ दशमलव १ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका कप्तान पारस खड्काले ६६ बलमा ६७, अनिल मण्डलले ६४ बलमा ४३, ज्ञानेन्द्र मल्लले ४३ बलमा ३६, शरद भेशवाकरले १९, राजु रिजालले नटआउट १७ तथा राजेश पुलामी मगरले नटआउ १६ रन बनाउनुभएको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको कन्फ्रेन्स क्लबले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर २ सय २६ रन बनाएको हो । नेपालका लागि सोमपाल कामी र सन्दिप लामिछानेले २र२ तथा पारस खड्का र करण केसीले १/१ विकेट लिए ।

यसअघि बुधबार फ्रि फोरेस्टर क्लबसँग भएको ४० ओभरको खेलमा नेपाल १ सय २९ रनले विजयी भएको थियो । यस्तै बिहीबार भएको ट्वेन्टी–ट्वेन्टी खेलमा नेपालले इन्डियन जिमखानालाई २० रनले हराएको थियो । आँउदो साउन ४ गते नेपाल र मेरिलिबोन क्रिकेट क्लब एमसीसीबिच खेल हुँदैछ ।

The post बेलायतमा नेपाली क्रिकेट टोलीको लगातार तेस्रो जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles