एजेन्सी, १४ माघ । शनिबार राति भएको एफए कपमा लिभरपुललाई झट्का लागेको छ ।
वेस्टब्रोमसँग ३-२ गोलले पराजित हुँदै लिभरपुल एफए कपबाट बाहिरिएको छ ।
खेलमा लिभरपुलले अग्रता बनाए पनि वेस्टब्रोमले सानदार कमव्याक गर्यो ।
खेलको चौथो मिनेटमा नै लिभरपुलका फिरमिनोले गोल गरे ।
तर, खेलको सातौ र एघारौ मिनेटमा वेस्टब्रोमले गोल फर्कायो ।
बेस्टब्रोमका लागि जे रोद्रिगेजले गोल गरे । खेलको ४५ औ मिनेटमा जो माटिपले आत्मघाती गोल गरे ।
खेलको ७८ औ मिनेटमा मोहमम्द सलाहले गोल गरे । तर, त्यो खेल जित्न पर्याप्त थिएन ।
यस सिजन फर्ममा रहेको मानिए पनि लिभरपुलले केही जित्नै पर्ने खेलमा हार व्यहोर्दै आइरहेको छ । यसअघि पनि प्रिमियर लिगमा लिभरपुल स्वान्सी सिटीसँग पराजित भएको थियो ।
The post एफए कपबाट बाहिरियो लिभरपुल appeared first on Sajha Post.