एजेन्सी, १७ माघ । मंगलबार राति भएको प्रिमियर लिगमा आर्सनल स्वान्सी सिटीसँग ३-१ गोलले पराजित भएको छ ।
आर्सनलले खेलमा अग्रता लिए पनि अग्रता जोगाइ राख्न भने सकेन ।
आर्सनलका लागि नाचो मोनरियलले खेलको ३३ औ मिनेटमा गोल गरे तर एक मिनेट बित्न नपाउँदै स्वान्सीका लागि सामले गोल फर्काए । त्यसपछि खेलको ६१ औ मिनेटमा एन्द्री आयुले दोस्रो गोल गरे ।
खेलको ८६ औ मिनेटमा पुन सामले गोल गरे । यो आर्सनलले लज्जास्पद हार हो । केही दिन अघि मात्रै म्यानचेस्टर युनाइटेडबाट हेनरिक मिख्तारिन भित्राएको आर्सनल निकै कमजोर देखियो । आर्सनलको २५ खेलमा ४२ अंक रहेको छ ।
The post स्वान्सी सिटीको सामु निरिह बन्यो आर्सनल appeared first on Sajha Post.