Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चेल्सीको लज्जास्पद हार

$
0
0

एजेन्सी, २३ माघ । सोमबार राति भएको प्रिमियर लिगमा चेल्सीले लज्जास्पद हार व्यहोरेको छ ।

वाटफोर्डसँग चेल्सी ४-१ गोलले पराजित भएको छ । खेलको ३० औ मिनेटमा चेल्सीका खेलाडी बाकायोकाले रातो कार्ड खाएपछि चेल्सी १० जनामा सिमित भएको थियो ।

वाटफोर्डले खेलको ४२ औ मिनेटमा पेनाल्टी पाएको थियो । ट्रोय डिनले गोल गर्दै वार्टफोर्डलाई अग्रता दिलाए । तर, दोस्रो हाफमा इडिन हजार्डले बराबरी गोल फर्काए ।

खेलको अन्तिम १० मिनेटमा चेल्सीका लागि भारी रह्यो । वार्टफोर्डका लागि डार्लिन जनमातले खेलको ८४ औ मिनेटमा दोस्रो गोल गरे ।

खेलको ८८ औ मिनेट र ९० औ मिनेटमा जेरार्ड डेफुलु र रोबर्टो पेरेआले गोल गरे । यो हारसँगै चेल्सीको अंकतालिकामा चौथो स्थानमा झरेको छ । चेल्सीको २६ खेलमा ५० अंक रहेको छ ।

The post चेल्सीको लज्जास्पद हार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles