Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपालको नामिबियामाथि रोमाञ्चक एक विकेटको जित

$
0
0

काठमाडौँ, २६ माघ ।  नेपालले आइसिसी डिभिजन–२ क्रिकेट प्रतियोगितामा नामिबियामाथि रोमाञ्चक एक विकेटको जित दर्ता गरेको छ । प्रतियोगिताअन्तर्गत बिहीबार नामिबियाको विन्धोयक मैदानमा नेपालका कप्तान पारस खड्काले टस जितेर फिल्डिङ रोजेका थिए । सन्दीप लामिछानेले चार विकेट लिएपछि नामिबिया ३४.२ ओभरमा १ सय ३८ रनमा अलआउट भएको थियो । प्रत्युत्तरमा नेपालले ४९.२ ओभरमा नौ विकेट गुमाएर १ सय ३९ रन जोडेको थियो । जान फ्याकिंलनले ४९.२ ओभरमा वाइड फ्याँकेपछि नेपाल एक विकेटले विजयी भएको हो ।

वसन्त चम्के
नेपालको जितमा वसन्त रेग्मीको योगदान महत्वपूर्ण रह्यो । लक्ष्य पछ्याएको इनिङको ४३ ओभरमा एकपटक वर्षाले खेल रोकिएको थियो । यदि खेल चालु नभएको थियो भने नेपाल डकवर्थ लेविस नियमअनुसार पराजित हुने समीकरण निश्चित भइसकेको थियो । खेल रोकिनुअघि नेपाल १११-८ को स्थितिमा थियो । नेपालले ४२ बलमा २८ रन जोड्नुपर्ने थियो । क्रिजमा वसन्त रेग्मी तीन रन तथा सोमपाल कामी ११ रनमा अविजित थिए ।

आधा घण्टापछि खेल पुनः सुरु भयो । क्रेज विलियम्सले सोमपाललाई बोल्ड गर्दा नेपाल १२१–९ को स्थितिको नाजुक स्थितिमा रह्यो । त्यसपछि वसन्त र सन्दीप लामिछानेबीच अन्तिम विकेटका लागि २.४ ओभरमा १८ रनको साझेदारी सम्भव हुँदा नेपालले सनसनीपूर्ण जित निकाल्यो । वसन्तले ४८ ओभरमा वुगेरको ओभरमा लङ अन क्षेत्रमा छक्का प्रहार गर्दै नेपाललाई जित नजिक पुर्‍याए । नेपाललाई अन्तिम ओभरमा ६ बलमा सात रन आवश्यक रह्यो । वसन्तले फ्यालिंकविरुद्ध चौका र दुई रन खोस्दै नामिबियाविरुद्धको अपराजित यात्रा कायमै राखे । वसन्तले २४ बलमा दुई चौका र एक छक्काको सहयोगमा २४ रन बटुले ।

६ ब्याट्सम्यानको दोहोरो रन
खेल सकिन चार बलअघि जित निकालेको नेपालकोे ब्याटिङमा ६ ब्याट्सम्यानले दोहोरो रन कटाएका छन् । ओपनर ज्ञानेन्द्र मल्लले ४५ बलमा १५ रन बनाए । कप्तान पारस खड्काले ३५ बलमा दुई चौकाको सहयोगमा १९ रन जोडे । शरद भेषवाकरले ६७ बलमा तीन चौका प्रहार गरी सर्वाधिक २९ रनको योगदान दिए । पुछारका रोहितकुमार पौडेलले ६० बलमा १७ रन र सोमपालले २९ बलमा १३ रन जोडे । वसन्त अन्तिमसम्म २४ रनमा नटआउट रहे । यता, बलिङमा नामिबियाका बर्नान्ड स्चोल्ट्जले ९ ओभरमा तीन मेडन राखी चार विकेट लिए । उनले केवल ११ रन मात्र खर्चेका थिए । क्रेज विलियम्सनले १० ओभरमा ३२ रन दिई तीन विकेट हात पारे ।

सन्दीपको उत्कृष्ट बलिङ
घरेलु मैदानमा नामिबियालाई सस्तै रनमा समेट्दा नेपालका युवा बलर सन्दीपले घातक बलिङ प्रदर्शन गरेका थिए । उनले ८.२ ओभरमा १८ रन खर्चेर चार विकेट हात पारे । सन्दीपले नामिबियाको ब्याटिङमा आक्रामक रूपमा ब्याटिङ गरेका क्रेजालाई ४१ रनमा बोल्ड गरेका थिए । क्रेजाले ३४ बलमा आठ चौका प्रहार गरे । नेपालका लागि सोमपालले ३५ रन खर्चिंदै ३ विकेट लिए ।

रोहितको डेब्यु
नामिबियाविरुद्ध रोहितकुमार पौडेलले डेब्यु गरेका छन् । नेपालका यू–१९का अलराउन्डरसमेत रहेका रोहितलाई ब्याटिङ प्रशिक्षक सुलक्षण कुलकर्णीले डेब्यु क्याप प्रदान गरेका थिए । गत महिना काठमाडौंमै सम्पन्न एभरेस्ट प्रिमियर लिगमा रोहितले ललितपुर ग्लाडियटर्सबाट खेल्दै सात खेलमा १ सय १४ रन बनाएका थिए । नामिबियाविरुद्धको डेब्यु खेलमै रोहितले ब्याटिङका क्रममा ६० बल सामना गरी १७ रन बनाए । उनले दुई चौका पनि प्रहार गरे । उनी स्कोल्ट्जको ओभरमा एलबिडब्लू भएका थिए । नयाँपत्रिकामा खबर छ ।

The post नेपालको नामिबियामाथि रोमाञ्चक एक विकेटको जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles