
पहिलो लिगमा १-० गोलको अग्रता बनाएको बार्सिलोनाले समग्रमा ३-० गोलले भ्यालेनसियालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।
खेलको पहिलो हाफमा दुवै टोलीले केही उत्कृष्ट अवसरहरु सिर्जना गरेका थिए ।
तर, गोल भने भएन । तर, दोस्रो हाफमा भने बार्सिलोनाले सानदार खेल प्रदर्शन गर्यो ।
यसै सिजन बार्सिलोना आएका फिलिपिन्हो कोटिन्होले बार्साका लागि पहिलो गोल गरे ।
खेलको ८२ औ मिनेटमा इभान र्याकिटले दोस्रो गोल गरे । यो जितसँगै बार्सिलोना यस सिजनको पहिलो उपाधि नजिक पुगेको छ ।
The post बार्सिलोना फाइनलमा प्रवेश appeared first on Sajha Post.