Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

युएईले दियो नेपाललाई ११५ रनको लक्ष्य (लाइभ स्कोरसहित)

$
0
0

काठमाडौं, माघ २८ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत युएईले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ । नेपालले केहीपछि जवाफी ब्याटिङ गर्नेछ ।

नामिबियाको ट्रस्टको युनाइटेड मैदानमामा ओसिलो मौसमका कारण झण्डै ३ घण्टा ढिला सुरु भएको खेल ३४ ओभरमा घटाइएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा १ सय १४ रनमा अलआउट भयो।

युएईका लागि शइमन अन्वारले सबैभन्दा बढी ३० रन जोडे । युएईलाई अल आउट गर्न नेपालका सोमपाल कामीले ४ विकेट लिए । सन्दीप लामिछाने ३ विकेट लिँदा कप्तान पारस खड्काले २ विकेट हात पारे । करण केसीले १ विकेट आफ्नो नाममा लेखाए।

पहिलो खेलमा जित निकालेका दुवै टिम दोस्रो खेलमा पराजित भएका थिए। डिभिजन–२ को शीर्ष २ भित्र परेर एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ।

यसअघि नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाललाई ओमानले ६ विकेटले हराएको थियो । युएईले पनि पहिलो खेलमा केन्यामाथि २ सय १८ रनको फराकिलो अन्तरको जित हात पारेको थियो। तर, दोस्रो खेलमा युएई क्यानडासँग २३ रनले पराजित भयो।

लाइभ स्कोर हाल्न यहाँ क्लिक गर्नुहोस्-

The post युएईले दियो नेपाललाई ११५ रनको लक्ष्य (लाइभ स्कोरसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles