काठमाडौं, २८ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत खेलमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन् । खड्काले १६ वर्षको तेस्रो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।
खड्का ४८ बल खेल्दा ५ छक्का र २ चौकासहित ५१ रन जोडेपछि युएईका अमिर हयातबाट आउट भए । युएईले दिएको १ सय १५ रनको लक्ष्य पछ्याउँदै नेपालले अहिले ब्याटिङ गरिरहेको छ। खेलमा नेपालले सुरुवाती ५ विकेट गुमाउँदै ८६ रन जोडेको छ ।
अहिले आरिफ शेख र रोहित कुमार पौडेल ब्याटिङ गरिरहेका छन् ।
The post युएईविरुद्ध कप्तान पारस खड्काको अर्धशतक appeared first on Sajha Post.