Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कप्तान पारसको अर्धशतकसँगै युएईविरुद्ध नेपाल ४ विकेटले विजयी

$
0
0


काठमाडौँ, २८ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा युएई नेपालसँग ४ विकेटले पराजित भएको छ ।

नामिबियाको युनाइटेड ग्राउण्डमा टस जितेर फिल्डिङ रोजेको नेपालले युएईबाट पाएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले २८.५ ओभरमा ६ विकेट गुमाएर १ स १५ रन जोड्दै जित निकालेको हो । युएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन जोडेको थियो ।

नेपालकाे जितका लागि कप्तान पारस खड्काले अर्धदशक कटाएर योगदान दिए । खराब सुरुवातलाई ब्रेक लगाउँदै कप्तान खड्काले ४८ बलमा ‍‍५ छक्का र २ चौकासहित ५१ रन जोडेर अर्धशतक कटाउन सफल भए ।

ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको थियो । बलिङमा उत्कृष्ठ प्रदर्शन गरेको नेपालले ब्याटिङमा भने खराब सुरुवात गर्‍यो । यस्तै, रोहितकुमार पौडेलले नटआउट १२ रन र सोमपाल कामीले नटआउट १० रन जोडे । नेपालले दुई ओपनरलाई सस्तैमा गुमायो । दिलीप नाथ २ रनमा आउट भए भने ज्ञानेन्द्र मल्ल ५ रन बनाएर पेभेलियन फर्किए । दिलीप तेस्रो तथा ज्ञानेन्द्र चौथो ओभरमा आउट भए । यस्तै दीपेन्द्रसिंह ऐरी पनि ४ रनमा बोल्ड भए भने शरद भेषावकर ३ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा परे ।

युएईका मोहमद नाभिदले २ विकेट लिए । रोहान मुस्ताफा र अमिर हायतले १-१ विकेट हात पारेका छन् ।

युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाएका थिए ।

युएईलाई अल आउट गर्ने नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछानेले तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए ।

The post कप्तान पारसको अर्धशतकसँगै युएईविरुद्ध नेपाल ४ विकेटले विजयी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles