काठमाडौं, २ फागुन । विश्व क्रिकेट लिग डिभिजन टू को क्यानाडाविरुद्धको आजको खेलमा नेपालले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिएको छ भने आफुले फिल्डिङ रोजेको छ ।
सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब छ ।
डिभिजन टूको अंक तालिकामा शीर्ष स्थानमा रहेको क्यानाडाविरुद्ध जित निकाल्न नेपाललाई त्यति सजिलो छैन । फिल्डिङ रोजेको नेपालले क्यानडालाई सस्तो योगफलमा समेट्ने कोशिस गर्दै जित्ने दाउमा रहेको छ ।आजको खेलमा क्यानडाको ब्याटिङ बलियो छ भने नेपालको बलिङ राम्रो छ ।
खेलको लाईभ हेर्नका लागि रातो अक्षरमा क्लिक गर्नुहोस् NEPAL VS CANADA
The post डिभिजन टू क्रिकेट : नेपालले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दियो (LIVE ) appeared first on Sajha Post.