काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । अब यो खेल जितेमा नेपालले विश्वकप छनोटमा स्थान बनाउनेछ ।
निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै क्यानडाले १९४ रन बनायो । आजको खेलमा नेपालले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिएको दिएको थियो ।
क्यानडाका लागि श्रिमन्थ विजेरत्नेले सर्वाधिक १०३ रनको योगदान दिए । उनले १५२ बलमा ८ चौकासहित नटआउट १०३ रन बनाए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी भएका छन् । त्यस्तै सतसिमरन्जित ढिन्ड्साले नटआउट १८ रन बनाए ।
क्यानडाका लागि विजेरत्ने बाहेक कुनै पनि ब्याट्सम्यानले राम्रो रन लिन सकेनन् । बलिङतर्फ नेपालका लागि वसन्त रेग्मीले ३, सन्दीप लामिछानेले २ र शरद भेषावकर तथा करण केसीले १–१ विकेट लिए ।
The post विश्वकप छनोटमा जान नेपालले पायो १९५ रनको लक्ष्य appeared first on Sajha Post.