Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

करणको विष्फोटक ब्याटिङसँगै नेपालको सनसनीपूर्ण जित, नेपालले विश्वकप छनोट खेल्ने पक्का

$
0
0

काठमाडौं, २ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को क्यानडाविरुद्धको खेलमा नेपालले सनसनीपूर्ण विजय निकालेको छ । यो जितसँगै नेपालले विश्वकप छनोट खेल खेल्ने पक्का भएको छ ।

क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ब्याटिङमा खराब सुरुवात गरेको थियो । तर अन्तिम पारी सम्हालेका बलर करन केसीको बिष्फोटक ब्याटिङले नेपालले विजय हासिल गर्न निर्णायक भूमिका खेल्यो । करन केसीले बिष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४२ रन बनाए । उनले असम्भव जस्तो खेललाई चार छक्का र तीन चौका हान्दै नेपाललाई विश्वकप नजिक पुर्‍याए ।

नेपालका लागि ओपनर दिलिप नाथले ४१ रन जोडे भने रोहित पौडेलले २७ रन जोडे । यसैगरी आरिफ शेखले २६ रन जोडे भने दिपेन्द्रसिंह ऐरीले १८ रन जोडे ।

उपकप्तान ज्ञानेन्द्र मल्लले ९ रन बनाएर प्याभेलियन फर्किए भने १२ बल खेलेका सोमपाल कामीले ‍७ रन बनाएर आउट भए । नेपालले सुरुमै कप्तान र उपकप्तानलाई गुमाएपछि विश्वकप छनोट खेल खेल्ने सम्भावना साँघुरिएको थियो । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् ।

चौथो विकेटको रुपमा दिलिप नाथको ठाउँमा ब्याटिङ गर्न आएका शरद भेषावकर ५ बलमा एक रन मात्रै बनाएर आउट भए ।

खराब सुरुवातसँगै निराशासहित खेलिरहेको नेपालको लागि वर्षा भएसँगै थप झड्का लाग्यो । किनकी खेल पुनः सुरु नभएमा नेपालले गेम हार्ने पक्का थियो । रोहितकुमार र आरिफ शेखले क्रिजमा जम्दै गर्दा ३४ ओभरमा ५ विकेट गुमाएको नेपालसँग ११५ रन जम्मा भएको थियो ।
वर्षापछि सुरु भएको खेलमा नेपालले लगातार विकेट गुमाउन थाल्यो । अन्तिममा विष्फोटक ब्याटिङ गर्दै बलर करण केसीले नेपालको लागि सनसनीपूर्ण जीत दिलाए ।

नेपालका बसन्त रेग्मीले ३ विकेट लिए भने सन्दिप लामिछानले २ विकेट लिए । घुँडाका चोटका कारण सन्दिपको बलिङ प्रभावित भएको थियो । उनले केवल ९ ओभर बलिङ गरे । त्यस्तै शरद भेषावकरले र करण केसीले एकएक विकेट लिए ।

यो जितसँगै नेपालले उपाधिको लागि शुक्रबार युएईसँग भिड्नेछ । आजको अर्को खेलमा युएईले नामिबियामाथि १९ रनको जित निकालेको थियो । पराजय व्यहोरेका दुई टिम क्यानडा र नामिबिया डिभिजन टुमै रहेका छन् भने केन्या र ओमन रेलिगेशनमा परेका छन् ।

The post करणको विष्फोटक ब्याटिङसँगै नेपालको सनसनीपूर्ण जित, नेपालले विश्वकप छनोट खेल्ने पक्का appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles