Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः रोनाल्डोले गरे दुई गोल, रियल मड्रिडको मैदानमा पछारियो पिएसजी

$
0
0

एजेन्सी, ३ फागुन । बुधबार राति भएको च्याम्पियन्स लिगमा रियल स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्च क्लब पिएसजीलाई ३-१ गोलले पछारेको छ ।

पछिल्लो समय उच्च फर्ममा नरहेको रियलले पिएसजीलाई पराजित गरेको हो । घरेलु लिग खेलमा भने खासै राम्रो खेल प्रदर्शन नगरेको रियलको च्याम्पियन्स लिग रेकर्ड भने राम्रो रहेको छ ।

सान्टिएगो बर्नबाउमा भएको खेलमा पिएसजीले खेलको ३३ औ मिनेटमा राबियोटको गोल मार्फत अग्रता लिएको थियो । तर, खेलको ४५ औ मिनेटमा रियलले पाएको पेनाल्टी क्रिस्टियानो रोनाल्डोले सदुपयोग गरे ।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल खेले । तर, अन्तिम दश मिनेट पिएसजीई भारी परेको थियो । खेलको ८३ औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरे ।

त्यसको तीन मिनेट पनि बित्न नपाउँदै मार्सेलोले अर्को गोल थपे । अब पिएसजीले दोस्रो लिग चरणमा आफ्नै मैदानमा हुने खेलमा कसरी रियलको सामना गर्नेछ त्यो सबैको चासोको विषय बनेको छ ।

The post च्याम्पियन्स लिगः रोनाल्डोले गरे दुई गोल, रियल मड्रिडको मैदानमा पछारियो पिएसजी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images