
काठमाडौं, ५ फागुन । विश्वकप छनोट खेल खेल्नका लागि छनोट हुन सफल भएको नेपाली क्रिकेटर टोलीलाई नेकपा माओवादी केन्द्रको सहयोगी संगठन योेङ कम्युनिष्ट लिग (वाइसीएल) नेपालले आज भव्य स्वागत गर्ने भएको छ ।
आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा पर्न सफल भई नेपाल फर्किदै
गरेको नेपाली क्रिकेटर टिमलाई आज साँझ ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै स्वाईसीएलले भव्य स्वागत गर्नै जनाएको छ ।
नेपाली क्रिकेट टिमले सन २०१९ मा बेलायत र वेल्समा हुने विश्वकप प्रतिगिताका लागि छनोट खेलमा अाफ्नाे स्थान सुरक्षित गर्न सफल भएको हो ।
वाइसीएलले शनिबार एक विज्ञप्ति जारी गर्दै डिभिजन एक र सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्न सफल नेपाली क्रिकेट टोलीलाई स्वागत गर्न लागिएको बताएको हो ।
नेपालमा उपलब्ध सीमित स्रोतसाधन र अवसरको सदुपयोग गर्दै मुलुकलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता दिलाउन भमिका खेल्ने प्रशिक्षक र संलग्न सबैप्रति वाइसीएलले धन्यबाद ज्ञापन गरेको छ । स्वागत कार्यक्रममा वाइसिएल नेपालका अध्यक्षसहित पदाधिकारीसमेत उपस्थित हुने बताइएको छ । वाइसीएलले तत्काल खेलाडीलाई उचित पुरस्कारको घोषणा गर्न पनि वाम गठबन्धन सरकारसँग माग गरेको छ ।
The post नेपाली क्रिकेट टोलीलाई वाइसीएलले विमानस्थलमा स्वागत गर्ने appeared first on Sajha Post.